Techie IT
Hetauda Khabar

भीमफेदीका अशक्तलाई घरमै नागरिकता


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई अशक्त व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान अन्र्तरत भीमफेदी गाउँपालिकाले एक जना जन्मजात पूर्ण शारीरिक र एक जना मानसिक असक्तलाई घरमै नागरिकता प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नासु सहदेव आचार्य र आश्विनी कुमार अर्यालको टोलीले भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका वीर्ख बहादुर थिङको २० वर्षकी छोरी सुनिता थिङ र १६ वर्षको छोरा सुरेन्द्र थिङ लाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नु सबै नागरिकको अधिकार भएको र कार्यालयमा उपस्थित हुन नसक्ने शारीरिक र मानसिक रुपमा पूर्ण असक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज पौडेलले बताए ।

पौडेलले सवारी साधनबाट ओर्लेर करिब २ घण्टा हिडेर घरमै पुगि नागरिकता प्रदान गरिएको बताए । नागरिकता वितरणको लागि भीमफेदी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रितिलाल लामा, समाजसेवी अप्सरा लोप्चन, अमृत बल लगायतले सहयोग गरेका थिए ।

भौगोलिक रुपमा दुर्गम र पूर्ण असक्त आफ्ना छोराछोरीलाई घरमै आएर नागरिकता प्रदान गरेकोमा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय सबैलाई पिता वीर्खबहादुर थिङले धन्यवाद दिए।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट