Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

मकवानपुरको बागमतीमा आगलागीबाट एक घर जलेर नष्ट


मकवानपुरको बागमती गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

ADVERTISEMENT

बिहीबार दिउँसो बागमती गाउँपालिका वडा नम्बर-४ लम्कना बीचटोल बस्ने ३० वर्षीय नारायण फेवाली मगरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

उनको काठको फुसको छानो भएको एक तले कच्ची घरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पूर्णरुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार घटनामा मानवीय र पशु चौपायको क्षति भएको छैन् । स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस २०, १२ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट