Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

भारतसँग नेपाल १० विकेटले पराजित


एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

ADVERTISEMENT

यो हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भएको खेलमा जितका लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर १ बलमा बिना विकेट पूरा ग¥यो । भारतका आर्शिन अतुल कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।

ADVERTISEMENT

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतका राज लाम्बिनीले ७ विकेट लिए । यसैगरी आरध्य शुक्लाले २ तथा अर्शिन कुलकर्नीले १ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर २६, १५ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट