Techie IT
  • १७ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • १७ फागुन २०८२, आईतबार

मकवानपुरमा अनियन्त्रित भएर ट्रक पल्टिँदा ५ जना घाइते


हेटौंडा । मकवानपुरको भिमफेदीस्थित कान्तिलोकपथमा बुधवार दिउँसो एक ट्रक दुर्घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन्।

ADVERTISEMENT

घटनास्थल भिमफेदी-८, गगटे नजिक पर्छ। पराल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक सडकबाट अनियन्त्रित भई पल्टिएको थियो।

ADVERTISEMENT

घाइतेहरूको परिचय खुल्न नसकेको प्रहरीको भनाइ छ। घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी हेटौंडास्थित अस्पतालमा पठाएको छ।

ट्रक नै सडकमा पल्टिएर रोकिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुर्घटनाबाट क्षतिको विवरण संकलन हुँदैछ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० मंसिर २०, १३ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट