Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

बागमतीमा ३१.५ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन, सबैभन्दा कम कर्णालीमा


कृषि जमिनको स्वामित्वमा गण्डकीका महिला अगाडि देखिएका छन् । विहिबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार गण्डकी प्रदेशका ३८.५ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन रहेको जनाएको छ ।

ADVERTISEMENT

यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा २८.७ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन छ । बागमतीमा ३१.५ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन छ । मधेशमा ३५ .८ प्रतिशत, कोशी प्रदेशमा ३७.२, लुम्बिनीमा ३४.४ प्रतिशत र सुदूपश्चिम प्रदेशमा ३०.६ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन रहेको कार्यालयकाे तंथ्याकमा उल्लेख गरेको छ ।

ADVERTISEMENT

त्यस्तै,केन्द्रीय तंथ्याक कार्यालयका सचिव तोयम रायले जमिनमा महिलाको पहुँच ५० प्रतिशत पुर्याउन सक्नुपर्ने बताए। उनले विश्वका विकसित मुलुकमा पनि महिलाको जमिनमा पहुँच ५० प्रतिशत नरहेको बताए। उनले दक्षिण एशियामा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबिचको असमानताको विषयमा तंथ्याक संकलन गर्ने देशमा पहिलो पटक परेको बताए । उनले सन् २०३० सम्ममा ४० प्रतिशत महिलाको पहुँचमा जमिन पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० मंसिर १४, १८ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट