Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको मृत्यु


हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको ज्यान गएको छ ।

ADVERTISEMENT

बिहीबार दिउँसो १ बजेको समयमा बाँसपानीबाट सुकौरा जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल मकवानपुरगढी-२ बाँसपानीमा सडकबाट करिब १०/१२ मिटर तल खस्दा मोटरसाइकलमा सवार आमा छोरी दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखा बस्ने अन्दाजी बर्ष ३४ की रुपा स्याङतान र उनको ४ महिनाको छोरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपाको श्रीमान भिम बहादुर स्याङतानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका स्याङ्तानको हेटौडा अस्पतालमा उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको थियो । भरतपुर तर्फ लाने क्रममा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित मिति : बिहिबार, २०८० मंसिर १४, १७ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट