Techie IT
Hetauda Khabar

हेटौंडामा स्कुटरले ठक्कर दिदा गोपिनीको मृत्यु,चालक प्रहरी नियन्त्रणमा


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा स्कुटरले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ ।

शुक्रवार राती ८ बजेको समयमा हेटौंडा १७ बाबुचोक स्थित धरान चतरा सडकखण्डमा ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले स्थानीय पैदलयात्री बर्ष ४३ की गोपिनी बि.क.लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटर चालक हेटौंडा १ पिपलबोट बस्ने बर्ष ३५ को ईलेश श्रेष्ठ रहेका छन् । स्कुटर र स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको साथै घटनाको थप विवरण बुझ्दै गरेको मकवानपुर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट