Techie IT
Hetauda Khabar

हेटौंडाको चुरियामाईमा क्रेन दुर्घटना, सह-चालकको मृत्यु


हेटौंडा । मकवानपुरको हेटौंडामा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौंडाडा १५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।आज पूर्व पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो।

घाइते भएका सहचालक विश्रामपुर बस्ने १८ वर्षीय विपीन महत्तोलाई उपचारका लागि हेटौंडा अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट