Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

हेटौंडामा युवा संघ र प्रेस चौतारी मकवानपुरबीच मैत्रीपूर्ण फुटबल


हेटौंडा । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल भएको छ ।

ADVERTISEMENT

हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको हो । मैत्रिपूर्ण फुटबलमा युवा संघले ६–० गोल अन्तरले बिजयी भयो ।

ADVERTISEMENT

राष्ट्रको लागि र स्वास्थ्यको लागि खेल अनिवार्य भएकोले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयोजना गरिएको हो ।

आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए ।

ADVERTISEMENT

मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर भएको छ ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गरे । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सांसद एका लाल श्रेष्ठ लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन ७, २० :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट