Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

एमालेका वडा ईन्चार्ज नै कांग्रेसमा


नेकपा एमालेका कैलाश गाउँपालिका ८ का वडा ईञ्चार्जसहित राक्सिराङा, कैलाश र मनहरीका ४९ जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ADVERTISEMENT

बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय भेलाकाबीच कैलाश गाउँपालिका ८ का एमाले ईन्चार्ज तथा २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी सूर्यबहादुर थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

थिङसहित एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने एमाले कार्यकर्तालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै बानियाँले नव प्रवेशीलाई पार्टीमा उचित स्थान दिएर अघि बढाइने प्रतिवद्धतासमेत व्यक्त गरे ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर १, १८ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट