Techie IT
Hetauda Khabar

भीमफेदीमा आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु


हेटौंडा,२५ माघ । मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

गत माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरीरमा आगो लाग्दा घाइते भएकी भीमफेदी–६ तारगाउँकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेलको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी रम्तेलको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको थियो ।

उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट