Techie IT
Hetauda Khabar

मकवानपुरमा भीरबाट लडेर १ जनाको मृत्यु


हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आइतबार राति जिल्लाको कैलाश गाउँपालिका ७ चाइरङडाँडास्थित टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी कालिकाटार बजारबाट घर तर्फ फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी २०० मिटर तल भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टम को लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट