Techie IT
Hetauda Khabar

मकवानपुरगढी गाउँपालिकाको १० औं गाउँसभाः वित्तिय प्रगती २५ दशमलव १८ प्रतिशत


हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले विगतमा तय गरेको ८४ वटा योजनाबाट ४ करोड २६ लाख ३६ हजार बजेट घटाउँदै १० औं गाउँसभा सकेको छ । गाउँपालिकाको विकासको लागि बजेटको व्यवस्थापन हुनुपर्ने तर अघिल्लो गाउँसभाले बजेट छुट्याउन छुटेका ८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर गरिएको छ ।

शुक्रबार गाउँपालिकाको वडा ८ बुढीचौरमा गरिएको सभाले उत्त बजेट पास गरेको छ । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रिन)ले संसोधन सहितको विनियोजन विद्ययक र आर्थिक विद्ययक प्रस्तुत गरेकी थिइन् । सभाले उक्त विद्ययक बहुमतले पारित गरेको हो ।

गाउँपालिकाले किसानको हितको लागि प्रतिलिटर दुग्ध उत्पादनमा १ रुपैयाँ अनुदान दिने गरी ६० लाख, सामाजिक सुरक्षाभत्तामा ४ लाख, अनुगमन तथा मुल्याङ्कनमा ४ लाख, सार्वजनिक सुनुवाई कार्यक्रममा ३ लाख, कार्यलय व्यवस्थापनमा १० लाख, नगरप्रहरी नियुक्तीमा ३० लाख र सेवा परामर्शमा १० लाख बजेट थपेको छ ।

बजेट कटौती गरे अनुसार रकमान्तर कम हुँदा मकवानपुरगढी गाउँपालिकाको बजेट ३ करोड ३६ हजार घटेको छ । यसअघि गाउँपालिकाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष नेपाली प्रस्तुत गरेको आयव्यय बिवरण अनुसार चालु आर्थिक बर्षमा ४३ दशमलव ३ प्रतिशत अर्थात ३१ करोड ५३ लाख ६१ हजार वास्तविक आय भएको छ । चालु आर्थिक बर्षको वितेको ६ महिनामा १८ करोड ३५ लाख ४ हजार खर्च अर्थात २५ दशमलव १८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।

सभामा अध्यक्ष लामाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, धुल्याउने र मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृती, आय व्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावी कार्याविधि अनुमोदन गर्ने प्रस्ताव गरेकोमा सभाले पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । सभामा गाउँपालिकाका गाउँपालिकाका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

गाउँपािलका क्षेत्रिभत्र रहेको पर्यटकीय क्षेत्रको प्रवर्ध्दन तथा प्रचारप्रसारमा गाउँपालिकाले चासो राख्नु पर्ने, वडा कार्यालयहरुको व्यवस्थापनको पाटोमा पनि पालिकाले ध्यान दिनुपर्नेलगायतका सवाल वडा अध्यक्षहरुले उठाएका थिए ।


क्याटेगोरी : अर्थबाणिज्य, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट