Techie IT
Hetauda Khabar

बैंकसम्म पुग्न नसक्नेलाई मकवानपुरगढी गाउँ पालिकाले वडाबाटै वितरण सुरु गर्यो सामाजिक सुरक्षा भत्ता


हेटौंडा । मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ ।

मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडाहरु मध्ये वडा नम्बर-८  मा बिहिवारबाट पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम सुरु गरेको हो ।

गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध-वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

आज मकवानपुरगढी-८ बुढिचौरमा वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।

हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर-८ र वडा नम्बर-१ लाई बिषेश प्राथिमकतामा राखेर बैङं मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हुमागाईले बताए ।

उनका अनुसार बाकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखाबाट वितरण गर्ने र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने छ ।

साथै १६९ जना लाभग्राही रहेका यस वडामा बाँकि रहेका लाभग्राहीहरुको भत्ता केहि प्राविधिक समस्याले गर्दा वितरण गर्न नपाएकाहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट रकम निकाल्न सकिने हुमागाई बताए ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट