Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

मेयर लामाद्वारा हुप्राचौरको सार्वजनिक शौचालय उद्घाटन


हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा संघिय सरकारले निर्माण गरेको सार्वजनिका शौचालयको उद्घाटन भएको छ ।

ADVERTISEMENT

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले निर्माण गरिदिएको सुविधा सम्पन्न शौचालयको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरेसँगै सञ्चालनमा ल्याइएको छ ।

ADVERTISEMENT

बिहीबारबाटै हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाईएको छ । ३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण भएको शौचालयको उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको हो ।

शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख उज्जवल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललाई चावि हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख लामाले संघिय सरकार मार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताइन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस २०, १२ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट