Techie IT
Hetauda Khabar

मेयर लामाद्वारा हुप्राचौरको सार्वजनिक शौचालय उद्घाटन


हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा संघिय सरकारले निर्माण गरेको सार्वजनिका शौचालयको उद्घाटन भएको छ ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले निर्माण गरिदिएको सुविधा सम्पन्न शौचालयको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरेसँगै सञ्चालनमा ल्याइएको छ ।

बिहीबारबाटै हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाईएको छ । ३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण भएको शौचालयको उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको हो ।

शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख उज्जवल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललाई चावि हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख लामाले संघिय सरकार मार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताइन् ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट