Techie IT
Hetauda Khabar

वाइसीएल हेटौंडा उपमहानगरको नेतृत्वमा उप्रेती


मकवानपुर । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा मदन उप्रेती सर्वसम्मत् चयन भएका छन् । शनिबार हेटौंडामा भएको दोस्रो नगर सम्मेलनबाट उप्रेती नेतृत्वमा सर्वसम्मत चयन भएको हो ।

यसैगरि, उपाध्यक्षमा निलाम्वर सापकोटा, विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिव दिवश लामा, समन गौतम, कोषाध्यक्ष हिरा पुलामी चयन भएका छन् ।

यस्तै, सदस्यहरु समर न्यौपाने, लक्ष्मण छतकुल्लि, सन्तबहादुर थापा, रोहित गुरुङ, हस्तबहादुर माझी, विकल गुरुङलगायत ३९ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर कमिटि चयन भएको छ । सम्मेलन वाइसीएल केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट