Techie IT
Hetauda Khabar

रोटरी क्लब अफ मकवानपुरको निशुल्क स्वास्थ्य शिविर


हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। हेटौंडा-६ स्थित बंशगोपाल माध्यमिक विद्यालयमा शनिबार नि:शुल्क  स्वास्थ्य शिविर  संचालन गरिएको हो ।

निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा  ६ जना स्वास्थ्यकर्मीको टिमले ५०० जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्र्याक्ट क्लब अफ मकवानपुर र सिटिजन बैंकको सहयोग रहेको थियो।

जसमा सामान्य चिकित्सा, नाक कान घाँटी, जनरल सर्जरी, नसा तथा हाडजोर्नी, दाँतसम्बन्धी रोगको साथै मधुमेहको नि:शुल्क रक्त परीक्षण गरिएको पराजुली  जानकारी दिए । परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई निको अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।

कार्यक्रममा बंशगोपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक  रमेश प्रसाद लामिछाने , विद्यालय संचालक समितीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ , वडा प्रहरी, १३ वटा टोलविकास समितिका प्रतिनिधिहरु,६ नम्बर वडा सचिब आमोदप्रसाद मैनाली, रोटरी क्लब र रोट्र्याक्ट क्लबका पुर्व अध्यक्ष,सदस्य लगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट