Techie IT
Hetauda Khabar

क्यानाडामा कार दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते


क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

मंगलबार साँझ भएको उक्त दुर्घटनामा परि अन्य ८ जना विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको परचिय भने प्रहरीले सार्वजनिक गरेको छैन, मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ।

ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाबारे अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट