Techie IT
Hetauda Khabar

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो


जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पीडितलाई बचाउनका लागि उद्धारकर्मीहरू लागिरहेको बताएका छन् । करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा पुग्ने प्रयास गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

मुख्य क्षेत्रबाट सडक भाँचिएका कारण वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ । इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन् । जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पुर्याउने प्रयास गरिरहेको छ ।

हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट