Techie IT
Hetauda Khabar

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो


जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिकरूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट