Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

आज उल्कावर्षा, राती ८ देखि विहान ५ बजेसम्म हेर्न सकिने


आज राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिने भएको छ । मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस १ गते सम्म सक्रिय रहनेछ । तर उल्कावर्षाको अत्यधिक सक्रियता भने आज राति रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ ।

ADVERTISEMENT

यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिँदै छ ।

ADVERTISEMENT

उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । अवलोकनको लागि मंसिर २८ राति ८ः०० बजे देखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने पनि नासोले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम रहने बताइएको छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता नपर्ने पनि खगोलविद्हरूको भनाइ छ ।

ADVERTISEMENT

के हो उल्कावर्षा ?

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो हेलीको पुच्छ्रेतारा ?

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छ्रेतारा’ भनिएको हो । यो पुच्छ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा  देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताए।

यसरी हेरिन्छ उल्कावर्षा 

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन । नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्कावर्षा हेर्न धैर्यको आवश्यकता पर्छ । उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ ।


प्रकाशित मिति : बिहिबार, २०८० मंसिर २८, ११ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट