Techie IT
Hetauda Khabar

‘द केरल स्टोरी’ ओटीटीमा रिलिज हुदैँ, १६ फ्रेबुअरीमा हेर्न सकिने


मुम्बइ, २४ माघ । अदा शर्माको फिल्म द केरला स्टोरी रिलिज हुनेबित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि आदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो ।

बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए। द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन।

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् ।

अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो सेयर गरेकी छिन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ। केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्– ‘तपाईँले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो । जबकि एकजनाले लेखेका थिए– द केरला स्टोरी ५ पटक हेरेको छु । एकजनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’

द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट