Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?


काठमाडौं, १८ माघ । नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ। बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

त्यसैगरी, बिहीबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० माघ १८, १३ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट