Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

बढ्यो सुनको भाउ, चाँदीको भाउ भने स्थिर


काठमाडौं, १७ माघ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन देखी बढेको सुनको मूल्य बुधबार प्रतितोल १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दुइदिन पनि सुनको भाउ क्रमशः प्रतितोला ३००–३०० रुपैयाँले बढेको थियो ।

यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ १७, ११ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट