Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो


सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो कारोबार दिन बुधबार  १२.१० अंकले घटेको नेप्से परिसूचक आज ७.२४ अंकले गिरावट आएर २१५५.८२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेको छ।

ADVERTISEMENT

२९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम भने बुधबारको तुलनामा कम हो। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। त्यसअघि मंगलबार  ८ अर्ब २ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

ADVERTISEMENT

एकल अंकले घटेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  रिडी पावर,सिनर्जी पावर,माहुली लघुवित्त वित्तीय र गणपति लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढ्यो।सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८५ प्रतिशतले उकालो लाग्यो।

कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ८४ करोड  ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा खरिदबिक्री भयो। यसैगरी सोनापुर ३० करोड,नगदी ग्रुपको २३ करोड,रिडी पावरको १६ करोड र नेपाल वेयरहाउजिङको १५ करोड मूल्यको सेयर कारोबार गरी कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

ADVERTISEMENT

कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटाको मात्रै मूल्य बढ्यो। फाइनान्स,हाइड्रोपावर र अदर्श उपसमूहको सूचक सकारात्मक देखिँदा अन्य ९ वटाको सूचक नकारात्मक देखिएका छन्।

११२ कम्पनीको मूल्य बढ्दा १३३ वटाको घट्यो भने २ को मूल्य स्थिर रह्यो।


प्रकाशित मिति : बिहिबार, २०८० माघ ४, १५ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट