Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

पुसको अन्तिम दिन ३१.६२ अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक


चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन सेयर बजारमा उच्च अंकको सुधार आएको छ। साताको पहिलो दिन समेत रहेको आइतबारको कारोबारमा नेप्से परिसूचक ३१.६२ अंकले बढेको हो। नेप्से १.५१ प्रतिशतले बढेर २१२०.६२ अंकमा पुगेको दिन सेन्सिटिभ इन्डेक्स ४.०२ अंकले बढेर ३८८.१७ अंकमा पुगेको छ।

ADVERTISEMENT

कारोबार सुरु भएको केही मिनेटमै उच्च सुधार आएयता दिनभर सकारात्मक नै रहेर नेप्सेले सुधार आत्मसाथ गरेको हो। सोक्रममा २ सय ११ कप्पनीको सेयर मूल्य बढेका छन् भने ३३ वटाको घटेका छन्। यता माछापुच्छ्रे बैंक, मितेरी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको मूल्य यथावत रहे।

ADVERTISEMENT

यसक्रममा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थप ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। सर्वाधिक कमाउनेहरू हिमालयन पावर, कालिका पावर, तेह्रथम पावर, मध्यभोटेकोशी जवि र माथिल्लो मैलुङ खोला जवि रहे।

बढेको बजारमा मेगा म्युचुअल फन्ड १को इकाइ मूल्य सर्वाधिक घट्यो। निर्धन उत्थान लघुवित्त, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र सनराइज ब्लुचिपका लगानीकर्ता पनि बढी गुमाउनेको शीर्ष ५ मा परे।

ADVERTISEMENT

दिनभर ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ। ९४ हजार ५ सय २६ कारोबारमार्फत् कुल ३ सय १४ स्क्रिप्टका १ करोड ६६ लाख ५ हजार २ सय ३४ इकाइ सेयर किनबेच भएको हो। कारोबार रकम गत बिहीबारको तुलनामा १ अर्ब १५ करोड बढी हो। बिहीबार नेप्से ०.६२ अंकले घटेकामा दिनभर ४ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।

आइतबार सबैभन्दा बढी सेयर किनबेच नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भएको छ। कम्पनीको ३५ करोड ६८ लाखको संस्थापक सेयर किनबेच हुँदा सोनापुर मिनिरल्स एन्ड आयलको २४ करोड ३ लाखको सेयर कारोबार भयो। कारोबार रकमको आधारमा हाथवे इन्भेस्टमेन्ट, अरुण भ्यालि हाइड्रो र अरुण कावेली पावर पनि शीर्ष ५ मा अटाए।

नेप्से बढेको दिन होटल तथा पर्यटनबाहेक सबै समूहगत उपसूचक हरियो देखिए। होटल समूह ०.०१ प्रतिशतले घट्दा अन्य समूह सर्वाधिक २.७७ प्रतिशतले उकालो लाग्यो।


प्रकाशित मिति : आइतवार, २०८० पुस २९, १५ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट