Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

मंगलवार नेप्से ओरालो लाग्यो,सेयर बजार किन घटिरहेको छ ?


साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।  नेप्से परिसूचक २.१७ अंकले घटेको हाे।

ADVERTISEMENT

यस दिन २९० धितोपत्रका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर एक अर्ब २८ करोड दुई लाख २८ हजार ९७१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

ADVERTISEMENT

सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मूल्य बढेको छ । पछिल्लो समय बढ्दो पर्यटकको संख्या र पर्यटन सिजन सुरु हुँदै गर्दा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका हुन् ।

गत कारोबार दिन १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रूपैयाँमा सीमित भएको छ।

ADVERTISEMENT

यस दिन बुद्धभुमी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, तारागाँउ रिजेन्सी होटललगायतको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, विजय लघुवित्तलगायतको शेयरमूल्य उच्च दरमा घटेको छ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सोल्टी होटल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।

कारोबार अवधिभर बजार सूचक पटकपटक घट्ने र बढ्ने भइरह्यो । नेप्से छिनछिनमै हरियो र रातो हुने प्रवृत्ति देखिएकाले बजारमा लगानीकर्ता अन्योलग्रस्त अवस्थामा रहेको आँकलन गर्न सकिन्छ । मौद्रिक नीतिपछि बजार निरन्तर घट्यो । मौद्रिक नीतिलाई बजार घट्नुको मुख्य कारण मानिएको छ । यो सँगै ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, नयाँ ब्रोकरको फरक रणनीति लगायतलाई पनि सहायक कारणका रुपमा हेरियो।

निरन्तर बजार घटनुका कारणहरुः

 बढ्दो बैंकको ब्याजदर
 चार गुणासम्म पुँजी वृद्धि
 अत्यधिक मात्रामा सेयर आपूर्ति
४ बजार निर्माताको अभाव
 पुँजीगत लाभकरमा भएको वृद्धि
६ अनलाईन ट्रेडिङ ल्याउनमा भएको ढिलाइ
 बैंकले ब्रोकर लाइसेन्स पाउने छाट नदेखिनु
 गैरआवासीय नेपालीलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण नबनाइनु
 सेयर शिक्षाको अभाव
१० पुँजी वृद्धिको नाममा हकप्रद सेयर, बोनस सेयर र एफपिओको बाढी आउनु
११ सेयर आपूर्ति अनुसारको बजार विस्तार गर्न नसक्नु
१२ मास साईकोलोजिमा आधारित सेयर बजार हुनु
१३ म्युचुअल फण्डहरुको भूमिका नकारात्मक
१४ धितोपत्र बोर्ड र नेप्सेको भूमिका शून्य
१५ सकुनिको भूमिकामा ठूला लगानीकर्ता हुनु


प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर १२, १६ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट