Techie IT
  • १७ चैत्र २०८२, मंगलबार
Hetauda Khabar
  • १७ चैत्र २०८२, मंगलबार

हेटौंडा महोत्सवको आयोजकले उधारो खाएर नदिएको भन्दै प्रहरीमा उजुरी


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहित मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। गत चैत १३ गतेसम्म हेटौडा- १० टिसिएन चौरमा आयोजना गरिएको कृषि तथा पर्यटन महोत्सवको आयोजक समूहले महोत्सव परिसर भित्र रहेको होटलमा खाजा खाएको रकम नदिएपछि सञ्चालकले उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जारी दिएका छन्।

ADVERTISEMENT

मेला सकिए पश्चात पनि आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्षसहितका समूहले नै उधारो खाएको रकम नदिएपछि उनीहरू विरुद्ध प्रशासनमा उजुरी दिएको सञ्चालक सुमन ठकुरीले बताए । उनले महोत्सवमा ‘जो जो होटल’को स्टल सञ्चालन गरेका थिए । काठमाडौँका ठकुरीले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईं, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानसहित ६ जनले उधारो रकम नतिरेपछि आफूहरू काठमाडौँ फर्किन नपाएको गुनासो गरेका छन्।

ADVERTISEMENT

‘आयोजकको टोलीले नै हाम्रो बिजोग बनायो, उधारो रकम तिर्न सकेका छैनौं हामीलाई यहाँबाट निस्किन दिइएको छैन, हाम्रो बिचल्ली भएको छ’, उनले भने । उधारो खाएको रकम १ लाख १४ हजार रहेको उनले बताएका छन् ।

महोत्सवका आयोजकहरु राजकुमार मोक्तान, उज्वल चौलागाई, अमर घले, बिकास भन्ने, मदन उप्रेती र कृष्ण रुम्बाले पटकपटक म निवेदकको नास्ता स्टलमा उधारोमा नास्ता खाएकाले निज बिपक्षीहरुले म निवेदकको नास्ता स्टलमा उधारोमा नास्ता खाए बापतको लिनुपर्ने रकम दिनुहोस् भनि म निवेदकले निज बिपक्षीहरुलाई पटकपटक अनुरोध गर्दा समेत आलटाल गदै आएकोमा हाल आएर निज बिपक्षीहरुले मलाई मितिः२०८२/१२/१६ गते अपरान्ह अं.१७०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा वडा नं.१० टिसिएन रोड स्थित सार्वजनिक स्थान बाटोमा अभद्र व्यवहार गरी जे गर्न सक्छ गर भनि धम्की समेत दिएकाले अन्यायमा परी प्रस्तुत निवेदन लिई उपस्थित भएको छु, जाहेरीमा भनिएको छ ।

ADVERTISEMENT

६ जना विरुद्ध उनले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज दर्ता भएको छ।

आयोजकका तर्फबाट आयोजक समितिका अध्यक्ष मोक्तान, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका उज्वल चौलागाईंलगायतले उधारो टिपेर हस्ताक्षर गर्दै खाजा खाने गरेको स्टल संचालकको भनाइ छ ।

महोत्सव आयोजकले उधारो लगेर हस्ताक्षर गरेको भनिएको कागज यस्तो छ ।


प्रकाशित मिति : मङ्लबार, २०८२ चैत्र १७, २२ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट