Techie IT
Hetauda Khabar

हेटौँडाका सुमोले दोब्बर भाडा असुल्दै, प्रशासन मौन


हेटौँडा-भीमफेदी- काठमाडौँ चल्ने टाटा सुमोले मनपरी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् । बर्सेनि चाडबाडको मौका छोपी हेटौँडा – काठमाडौँ चल्ने सुमोले २ गुणा बढी भाडा असुल्ने गर्छन् ।

यसपालि पनि दसैँ अघिदेखि नै काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने यात्रुले सुमोको मनपरी भाडा तिर्न बाध्य बनेका छन् ।हेटौँडाको गल्ली गल्लीमा काउन्टर राखेर बसेका सुमोले अहिले प्रति व्यक्ति १२ सय सम्म लिएको पाइएको छ ।

भाडा ६ सय ५० रुपैयाँ भए पनि सुमोहरूले ८ सयदेखि १२ सयसम्म लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् । यात्रुलाई दिने टिकटमा साबिककै भाडा लेखेर यात्रु सँग भने मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । यात्रुहरु यसरी ठगिँदा मकवानपुरको प्रहरी र प्रशासन भने मौन बसेको छ ।

चाडबाडको मौका छोपी सुमोले यात्रु ठगिरहँदा बर्सेनि प्रशासन मौन नै बस्ने गरेको छ । विरोध हुन थालेपछि केही गरे जस्तो गरे पनि यात्रुहरूलाई खुलेआम यातायात व्यवसायीले ठग्दा यहाँका प्रहरी र प्रशासनले देखे नदेखे झैँ गर्छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट