मकवानपुर १ ‘ख’ मा एकालाल अघि लागे, पछी परे गुन्जन
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका श्रेष्ठ २० हजार ९३२ मत गणना हुदाँ पहिलो स्थानमा आएका हुन् । उनले राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेलाई पछि पारेका छन् ।
श्रेष्ठले ६ हजार ३९६ मत प्राप्त गर्दा न्यौपानेले ६ हजार ९१ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ५ हजार ५३९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १७ :४० बजे


















प्रतिक्रिया