Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडामा दुर्घटना, एकजना गम्भीर घाईते


हेटौंडा उपमहानगरपालिका-१७ हर्नामाडीमा दुर्घटना भएको छ ।

ADVERTISEMENT

आइतबार साझ हर्नामाडी रामधुनि चोक स्थित धरान चतारा सडक खण्डमा हेटौंडा बजारबाट फुर्केचौर तर्फ जाँदै गरेको ना ४ ख ७८३३ नम्बरको बसले ठुलोदमारबाट भोर्ले तर्फ जादै गरेको ना ६४ प ३२८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१७ बस्ने अन्दाजी २८ वर्षीय सन्तोष श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनलाई उपचारको लागी मकवानपुर सहकारी अस्पताल लागिएको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार उनको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ ।  बस चालक हेटौंडा-१८ बस्ने ३८ वर्षीय सुन्दर नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ चैत्र ३१, २२ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट