हेटौंडाको मतगणना स्थलमा पत्रकारलाई रोक, अपडेट लिन समस्या
मकवानपुरको मतगणना स्थलमा पत्रकारलाई रोक लगाइएको छ ।
मतगणना स्थलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित भएपनि पत्रकारलाई भने रोक लगाइएको छ । मतगणनाको अपडेट लिनको लागि पुगेका पत्रकारलाई यहाँका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले पत्रकार उपस्थित हुन नपाउने बताएका छन् ।
मतगणना स्थलमा पत्रकारलाई रोक लगाएपछि निर्वाचन मतको अपडेटमा समस्या भएको छ ।
प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १३ :२९ बजे


















प्रतिक्रिया