Techie IT
  • ३० फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ३० फागुन २०८२, शनिबार

बागमती प्रदेशको स्वास्थ्य सचिवमा हेटौंडा अस्पतालका पुर्व मेसु डा. प्रविन श्रेष्ठ


बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा प्रवीन श्रेष्ठ आउने भएका छन्।

ADVERTISEMENT

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी कन्सलटेन्ट सर्जन हुन्।

ADVERTISEMENT

हेटौंडा अस्पतालका पुर्व मेसुसमेत रहेका डा. श्रेष्ठ प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रदेश सचिवको रुपमा आउने भएका हुन् ।  हाल उनि काठमान्डौ स्थित बिर अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जनको रुपमा रहेका छन् ।

अहिले मन्त्रालयको सचिव बद्री बहादुर खड्का रहेका छन् । अब उनि यहाँबाट जानेछन्  ।

ADVERTISEMENT

डा. श्रेष्ठ सहित सरकारले २८ जना सहसचिवहरूको सरुवा भएको गरेको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् ।

त्यसैगरी रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।


प्रकाशित मिति : सोमवार, २०८१ बैशाख १७, ०९ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट