Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार ‘अपराधिक पृष्ठभुमी’का


नयाँदिल्ली, १३ फागुन । राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

एडीआर र ‘नेसनल इलेक्शन वाच’ ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्ता पत्रको विश्लेषण गरेको थियो । राज्यसभाको चुनाव २७ फेब्रुअरीमा हुनेछ ।

ADVERTISEMENT

यसरी पेश भएका केही कागजातहरू स्क्यान नभएको कारण कर्नाटकबाट कांग्रेसका उम्मेदवार जीसी चन्द्रशेखरको शपथ पत्रको भने विश्लेषण हुन सकेको छैन ।

विश्लेषणमा ३६ प्रतिशत उम्मेदवारले आफूविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको पाइएको छ । थप रूपमा यी उम्मेदवारहरू मध्ये १७ प्रतिशतले गम्भीर आपराधिक आरोप र एक जना उम्मेदवारले हत्या प्रयास सम्बन्धी मुद्दाको सामना गरिरहेका छन्।

ADVERTISEMENT

विश्लेषणका अनुसार भाजपाका ३० उम्मेदवारहरूमध्ये आठ, कांग्रेसका नौ उम्मेद्वारहरूमध्ये ६, तृणमूल कांग्रेसका चार उम्मेदवारहरू मध्ये १, समाजवादीका तीन उम्मेदवारहरूमध्ये २, वाईएसआरसीपीका तीन उम्मेदवारहरूमध्ये १, आरजेडीका दुई मध्ये एक उम्मेदवार, बीजेडीका दुई उम्मेदवार र बीआरएसका एक उम्मेद्वारले शपथ पत्रमा आफूविरुद्ध आपराधिक मुद्दाहरू रहेको घोषणा गरेका छन्।


प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन १३, ११ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट