Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुरको बागमती नदीमा १ लाख माछाका भुरा छाडियो


मकवानपुरको बागमती गाउँपालिका- ४ झुरझरे स्थित बागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ ।

ADVERTISEMENT

आज प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा बागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा छाडिएको हो । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख अतिथ्यता र प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सर्केश घलानले बागमती गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने समुदाय रहेको भन्दै भविस्यमा यो कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताए । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतिय उपकरणको प्रयोग र कल कारखानाबाट फालिएका विभिन्न केमिकलहरुले गर्दा खोलानालामा माछाको संख्या घट्न पुगेको बताउदै यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताए ।

सो कार्यक्रममा प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जिवन उकास्नको लागी स्थिानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको बताए । खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउनेलगायतका कारणबाट जलचर मासिने क्रम बढेको बताउदै यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि सहयोग पुग्ने विस्वासका साथ् भुरा नदीमा छाडिएको बताए ।

ADVERTISEMENT

उनले नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत यादवले बताए ।

कार्यालयले यस अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष ०७९÷८० को कार्यलयको वार्षिक कार्यक्रमको रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी,कर्णाली,सप्तकोशी, कालीगण्डकी लागएतका नदीहरुमा रहेको जानकारी गराईएको थियो ।

कार्यक्रममा कार्यालयका मत्स्य विकास अधिकृत गोमा कुवर ,बलराम आर्चाय, प्रशासन सहायक स्नेह गिरी, महोन यादव ,विश्वास राना लगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०७९ कार्तिक २४, २० :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट