Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस्- रवि लामिछाने


काठमाडाैं, १७ माघ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानकाे कामलाई महत्व नदिएकाे आराेप लगाएका छन्।

ADVERTISEMENT

मंगलबार काठमाडाैँकाे स्वयम्भूमा आयाेजित रास्वपा कर्णालीकाे चियापान कार्यक्रममा बाेल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुकाे साटाे आफूलाई दु:ख दिने काम गरेकाे आराेप लगाएका हुन्।

ADVERTISEMENT

‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै याे सहकारी पीडितका लागि न्याय दिनुपर्‍याे, सहकारी पीडितहरुका लागि काम गर्नु पर्‍याे, यी सहकारीबाट भागेकाहरुलाई समातेर भए पनि यिनकाे सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्‍याे भनेर लागिपरेकाे भए अहिलेसम्म कयाैँ पीडितहरुले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्याे,’ लामिछानेले भने, ‘तर, उहाँकाे ध्यान त यल्लाई चाहिँ छाेड्नु भएन, केही भेटिन्छ कि यता खाेज्नुस् त्यहाँ खाेज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयाे।’

उनले यति समय सरकारले पीडितहरुलाई न्याय दिने, पीडितहरुकाे पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, याेग्य क्षमतावान मान्छेहरु राख्ने र राज्यले काम गर्ने गरेकाे भए पीडितहरुले न्याय पाइसकेकाे हुने बताए। ‘मेराे लागि खर्चिएकाे समय पीडितका लागि खर्चिएकाे भए पीडितलाई न्याय दिन सकिन्थ्याे,’ रविले भने, ‘अझै पनि आडिया चाहिन्छ भने सम्पर्क राख्नुहाेस् हामी भन्दिन्छाैँ। सहकार्य गर्ने हाे भने हामी तयार छाैँ।’

ADVERTISEMENT

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेकाे भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे।


प्रकाशित मिति : बुधबार, २०८० माघ १७, ०८ :१० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट