Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

यस्तो छ आजको मौसम


आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

ADVERTISEMENT

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

त्यस्तै, राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ


प्रकाशित मिति : बिहिबार, २०८० माघ ११, ०८ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट