Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने


राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

ADVERTISEMENT

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जानकारी दिएको छ ।पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

ADVERTISEMENT

आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट