Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

एमाले अध्यक्ष ओलीलाई मुक्का प्रहार


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।

ADVERTISEMENT

एमालेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा भोजपुरबाट धनकुटा जाँदै गर्दा हातपात भएको हो।

ADVERTISEMENT

धनकुटाको महालक्ष्मी नगरपालिका-५, लेगुवामा स्थानीय महेश राईले हातपात गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको भिडिओमा स्वागत गर्ने लाइनमा उभिएका स्थानीय बासिन्दाको बीचबाट महेश अध्यक्ष ओली नजिकै पुगेका देखिन्छन्।

ADVERTISEMENT

उनले नजिक पुगेर बायाँ हातले प्रहार गर्न लाग्दा सुरक्षाकर्मीले समातेका थिए। त्यसपछि दायाँ हातले प्रहार गरेको भिडिओमा देखिन्छ।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।


प्रकाशित मिति : बिहिबार, २०८० मंसिर २८, १७ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट