Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

नागढुंगाबाट दुई किलो सुन बरामद, ३ जना पक्राउ


प्रहरीले शुक्रवार नागढुंगाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त कारवाही गरेको हो।

ADVERTISEMENT

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्डका ३ जना ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट सुन बरामद भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि गएराति त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसमेत बरामद गरिएको थियो।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २२, १३ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट