Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

आजको मौसम : बढ्यो चिसो, उच्च पहाडी भूभागमा हिमपात


हेटौंडा । पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज बिहानै हिमपात भएको हो। कर्णालीको हिमाली जिल्ला हुम्लामा गएरातिदेखि हिमपात भएको छ।

ADVERTISEMENT

चिसो बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ADVERTISEMENT

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाल क्षेत्रमा हल्का हिमपात हुने आकलन गरेको छ।

यससँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा भने सामान्य बदली हुने भएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर १८, ११ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट