Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्चबाट बदर


सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको योगराज ढकाल रिगलको कैद कट्टा बदर गरेको छ।

ADVERTISEMENT

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैद पाएका रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गर्न आदेश दिएको हो।

ADVERTISEMENT

इजलासले संविधान र कानुन विपरीत भएको देखिएको भन्दै सो निर्णय बदर गर्न परमादेश दिएको हो।संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो।

पूर्वपति चेतन मानन्धरको हत्यामा संलग्न ढकालको बाँकी कैद कट्टीको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

ADVERTISEMENT

२०७२ असार २८ गते मानन्धरको हत्या भएको थियो। मानन्धर हत्या अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीकी इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक १६, १६ :०३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट