Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडाको सिद्धार्थ शिशु सदनका विद्यार्थीले गरे ‘धान रोपाइँ’


हेटौंडा उपमहानगरपालिका -५ स्थित सिद्धार्थ शिशु सदन विद्यालयका विद्यार्थीहरु धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।

ADVERTISEMENT

विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थीले शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेका हुन् । विद्यालय पोशाकमै खेतमा पुगेका उनीहरुले उत्साहित हुँदै धान रोपेका थिए । राष्ट्रिय धान दिवसको अवसरमा कक्षा १० का विद्यार्थीलाई विद्यालयका शिक्षक एवं धान रोपाइँ कार्यक्रमका संयोजक केदार न्यौपाने र निर्मल तिमल्सिनाले धान रोप्नका लागि हेटौंडा-५ शान्तिनगर स्थित खेतमा लगेका थिए ।

ADVERTISEMENT

शिक्षक न्यौपानेले रोपाइँका विविध पक्षका बारेमा विद्यार्थीलाई यसअघि कक्षा कोठामा सैद्धान्तिक ज्ञान दिएको बताए । उनले भने, ‘धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी दिएका थियौं।’

स्कुलका प्रिन्सिपल निर्मल पराजुलीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असार १५ का दिन रोपाइँ कार्यक्रम गर्दै आएको जानकारी दिए। खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा १० का विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनले बताए।

ADVERTISEMENT

उनले विद्यालयमा साधारण धारको पढाइसँगै गृह विज्ञान, कृषि, योगा, संगीत, नृत्य, चित्रकला, खेलकुद र विभिन्न सैद्धान्तिक र व्यावहारिक शिक्षण सिकाइ हुने गरेको बताए ।

 


प्रकाशित मिति : शुक्रबार, २०८० असार १५, २१ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट