Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा आउँदै गरेको कार दुर्घटना, एकजनाको मृत्यु


हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अनतरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ गगटेस्थित आज दिउँसो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

ADVERTISEMENT

दिउँसो १ः४५ बजेको समयमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बीएसी ०५३७ नम्वरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार, उक्त कारमा दुई जना सवारी थिए । तीमध्ये दुर्घटनामा परेर भीमफेदी–५ बस्ने अन्दाजी ४५ वर्षीय राजकुमार बल घाइते भएका छन् ।

कार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडी बस्ने अन्दाजी ३० वर्षीय बिबेक लामा भने बिच भागमा अड्किएको र नेपाल प्रहरी,नेपाल आर्मीको संयुक्त टोलिले उनलाई मृत अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

 


प्रकाशित मिति : मङ्लबार, २०८० असार ५, १७ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट