Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

प्याज बोकेर आएको ट्रक प्रहरीले हेटौंडामा चेक गर्दा डेड करोड बढीको अबैध कपडा फेला


मकवानपुर प्रहरीले सिरहा भन्सारबाट प्याज बोकेर भित्रिएको भारतीय नम्बरको मालबाहक ट्रकबाट ठूलो परिमाणमा अबैध कपडा प्रहरीले बरामद गरेको छ ।

ADVERTISEMENT

भन्सार विन्दुमा प्याजको भन्सार चलानी बनाएर भित्रिएको बी आर ०६ जी इ ५०५३ को भारतीय मालबाहक सवारीबाट ठूलो परिमाणमा अवैध कपडा बरामद भएको हो ।प्रहरीले हेटौंडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

हेटौंडा १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडा सहित ट्रक र दुईजना मानिस नियन्त्रणमा लिएको हो ।

शनिवार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा-१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

विशेष सुचनाको आधारमा उक्त ट्रकलाई रोकि जाँच गर्दा चारैतिरबाट प्याजका १६८ वटा बोराहरुले छोपी बिच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्य रहेको छ । यस्तै १६८ वटा बोरामा रहेको ८४ कुन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको र १६८ बोरा प्याजको भने प्रतिकिलो ५० दरले प्याजको भन्सार काटिएको प्रवक्ता कार्कीले बताए ।

प्रहरीले उक्त अवैध कपडा सहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर ७ बस्ने ३३ बर्षका रन्जौद सिंह र सहचालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ बर्षका सुधिर कुमार सहनीलाई नियन्त्रणमा लिएको छ ।

उक्त ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने र पक्राउ गरिएकालाई कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित मिति : आइतवार, २०८० असार ३, १४ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट