Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

फेक अडियो बनाएको भन्दै छानबिन गर्न आरजुले साइबर व्युरोमा दिइन् उजुरी


नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर फेक अडियो बनाएको भन्दै साइबार व्युरोमा उजुरी दिएकी छन्।

ADVERTISEMENT

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै व्युरोमा निवेदन दिएकी हुन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट नियोजित उद्देश्यले आएको उनले उजुरीमा दाबी गरेकी छन्। उनले उक्त अडियो नियोजित ढंगले रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

प्रहरीले उक्त निवेदन दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १६ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट