Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

माओवादी केन्द्र बागमती संसदीय दलमा जुटेन सहमति, भोलि फेरी बैठक


नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् ।

ADVERTISEMENT

यद्यपि सहमित जुट्न नसकेको प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए। उनका अनुसार सहमति जुटाउने कोसिस भइरहेको छ ।

ADVERTISEMENT

‘दलको नेतामा धेरैको दाबी रहेकाले सहमति जुटिसकेको छैन,’ चौलागाईंले भने, ‘सकभर सहमतिमै टुंग्याउने भावना धेरैको भएकाले सहमति खोज्ने प्रयास सुरु भएको छ।’ दलको नेतामा शालिकराम जमरकट्टेल, गंगनारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्री पौडेलले दाबी गरेका छन् ।

पहिलो दिनको बैठकमा सहमति नजुटेपछि बैठक भोलि १ बजेलाई पुनः बोलाइएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ पुस १५, १८ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट