Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

विश्वकप फुटबलमा आजबाट सेमिफाइनल खेल हुँदै


कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट शुरु हुँदैछ ।

ADVERTISEMENT

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिष्पर्धा हुन लागेको हो । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

ADVERTISEMENT

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा हुनेछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिष्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।

ADVERTISEMENT

खेल नेपालमा हिमालय टेलिभिजन प्रिमियममा प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २७, १६ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट