Techie IT
  • ८ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • ८ माघ २०८२, बिहीबार

एसिसि महिला प्रिमियम कप: नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ, १ फागुन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ ।।

ADVERTISEMENT

यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

ADVERTISEMENT

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८-८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।

ADVERTISEMENT

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन १, ०८ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट