Techie IT
  • ७ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • ७ चैत्र २०८२, शनिबार

हेटौंडाको महोत्सवमा कालोबजारी- स्वास्थ्यमाथि गम्भीर खेलवाड, अधिकांस अखाद्य बस्तु बिक्री


हेटौडामा जारी कृषि, खेलकुद तथा पर्यटन महोत्सवमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित गम्भीर लापरबाही भेटिएको छ।

ADVERTISEMENT

महोत्सव परिसरभित्र बिक्रीका लागि राखिएको एक खाद्य सामग्रीमा उत्पादन मिति नै ६ महिना पछाडिको राखिएको पाइएको हो।

ADVERTISEMENT

‘बंगलामुखी’ नामक पापड (Sweet & Spicy Papad) को प्याकेटमा “MFD: SEP 2026” उल्लेख गरिएको छ, जुन मिति आउन अझै ६ महिना बाकी नै छ ।

उक्त सामग्री रामकृष्ण एग्रो उद्योग, बनेपा–१३, साँगा, काभ्रेले उत्पादन गरेको उल्लेख भए पनि म्याद, उत्पादन मिति र लेबलिङमा देखिएको असामान्यताले गुणस्तर र विश्वसनीयतामाथि प्रश्न मात्र उठाएको छैन उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको स्पस्ट देखिएको छ ।

ADVERTISEMENT

महोत्सवमा यस्ता सामग्री खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकायको अनुगमन कमजोर देखिएको छ। यसअघि नै महोत्सवमा मनपरी शुल्क असुली, कालोबजारी तथा गुणस्तरहीन वस्तु बिक्रीको गुनासो बढिरहेका बेला मिति नै ६ महिना पछाडिको राखेर खाद्य सामग्री बिक्री हुनु गम्भीर विषय बनेको छ।

उपभोक्ताहरूले यस्ता गतिविधिले स्वास्थ्यमा जोखिम बढाउने भन्दै तत्काल अनुगमन कडा पार्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। तर, हालसम्म सम्बन्धित निकायबाट कुनै ठोस प्रतिक्रिया आएको छैन ।


प्रकाशित मिति : शनिबार, २०८२ चैत्र ७, १८ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट